रातिमा मोबाइल चलाउनुहुन्छ ? होसियार अन्धो बनाउन सक्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७५, बुधबार ०४:१७

एजेन्सी । इलेक्ट्रोनिक सामानहरुबाट निस्कने निलो प्रकाश मानव स्वास्थ्यका लागि निकै हानिकार हुने भएकाले रातिमा मोबाइल चलाउनु खतरनाक हुने एक अध्यानले देखाएको छ।

अमेरिकी बैज्ञानिक टोलीले गरेको अनुसन्धानअनुसार मोबाइलबाट निस्कने निलो प्रकाशले मानिसलाई अन्धो बनाउन सक्छ।

मोबाइलबाट निस्कने निलो प्रकाशले आँखामा एक विषालु जिवाणु उत्पन्न गराउने र सो जिवाणुले आँखामा कालो दाग बनाउने बताइएको छ। सो दागका कारण स्थायी अन्धो हुने खतरा रहेको अनुसन्धानले देखाएको छ।

अमेरिका जस्तो मुलुकमा मोबाइलकै कारण अन्धो हुनेहरुको संख्या बढिरहेको बताइएको छ। मोबाइलमात्र नभएर कम्प्युटरले पनि अन्धो बनाउन सक्ने बताइएको छ। लगातार मोबाइल र कम्प्युटर चलाउन घातक हुने भएकाले स्वास्थ्यमा पनि ध्यान दिन वैज्ञानिकहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया

slot gacor