सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति पूर्वप्रहरी प्रमुखहरूको आपत्ति, ‘संसदीय मर्यादा कायम राख्नुस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८३, शुक्रबार ०७:१५

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको नेतृत्व तथा उच्च पदस्थ अधिकारीबारे दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीका पूर्वप्रहरी संगठन प्रमुखहरूको मञ्चले आपत्ति जनाएको छ।

मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै सांसद सुनारको अभिव्यक्ति संसदीय मर्यादा र पदीय गरिमाअनुकूल नभएको जनाएको हो।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीले खरिद गरेको पोशाकलगायत विषयमा छलफल गर्ने क्रममा सांसद सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल तथा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याललगायतमाथि भ्रष्टाचारसम्बन्धी आरोप लगाएका थिए।

मञ्चले सरकारी निकायको कामकारबाहीमाथि प्रश्न उठाउने र आवश्यक छानबिनका लागि बहस गर्ने अधिकार सांसदमा भए पनि त्यसका लागि तथ्य, प्रमाण र मर्यादित भाषाको प्रयोग हुनुपर्नेमा जोड दिएको छ।

नेपाल प्रहरीको नेतृत्व कानुनी प्रक्रिया, व्यावसायिक योग्यता, अनुभव तथा संस्थागत मापदण्डका आधारमा चयन हुने भएकाले प्रहरी नेतृत्वमाथि पूर्वाग्रही ढंगले टिप्पणी गर्नु उचित नहुने मञ्चको भनाइ छ।

सुरक्षा निकाय र त्यसका नेतृत्वमाथि तथ्यहीन वा अपमानजनक धारणा सार्वजनिक हुँदा प्रहरी संगठनको मनोबलमा असर पर्न सक्ने तथा संसदीय संस्थाको गरिमामाथि समेत प्रश्न उठ्न सक्ने मञ्चले जनाएको छ।

मञ्चले सांसद सुनारलाई आफ्नो भाषा र व्यवहारमा पुनर्विचार गर्न आग्रह गर्दै आगामी दिनमा यस्ता अभिव्यक्ति नदोहोर्‍याउनसमेत सुझाव दिएको छ।

मञ्चका संयोजक एवं पूर्वप्रहरी प्रमुख मोतिलाल बोहराद्वारा जारी विज्ञप्तिमा संसदीय बहसलाई आरोप–प्रत्यारोपभन्दा पनि तथ्य, प्रमाण र जिम्मेवारीका आधारमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor