लैङ्गिक हिंसाविरुद्ध बुढानीलकण्ठमा प्रतिबद्धता हस्ताक्षर संकलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८३, बिहीबार ०७:१०

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बुढानीलकण्ठ नगरपालिकामा हिंसा अन्त्य, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्ने उद्देश्यले प्रतिबद्धता हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरिएको छ।

नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, विभिन्न शाखा तथा महाशाखाका प्रमुख, कर्मचारी र विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले लैङ्गिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता र सक्रियता आवश्यक रहेको बताए। उनले हिंसा नगर्ने र नसहने संस्कार विकास गर्दै हिंसाविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए।

उपप्रमुख अनिता लामाले हिंसामा परेका व्यक्तिको संरक्षण, सहयोग र न्यायमा पहुँच सुनिश्चित गर्नु सबैको जिम्मेवारी भएको बताइन्। उनले लैङ्गिक हिंसाविरुद्ध परिवार, समुदाय र संस्थागत तहबाटै सचेतना तथा सहकार्य आवश्यक रहेको धारणा राखिन्।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी तथा विद्यालयका प्रधानाध्यापकहरूले लैङ्गिक हिंसा नगर्ने, नसहने र हिंसाविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। साथै पीडितको संरक्षण र न्यायका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन्।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ सञ्चालन भइरहेको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor