ऊर्जा मन्त्री श्रेष्ठले पाए सल्लाहकार समूहमा पूर्णता, चार विज्ञलाई जिम्मेवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८३, शुक्रबार ०७:१२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार थप तीन जना सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहमा चार जना विज्ञ समेटिएका छन्।

मन्त्रालयका अनुसार आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रसम्बन्धी सल्लाहकार नियुक्त गरिएको हो।

यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिसकेका थिए।

नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्र गरी विभिन्न महत्वपूर्ण क्षेत्रमा विज्ञता भएका चार जना विशेषज्ञ रहेका छन्।

मन्त्रालयले सल्लाहकारहरूको विशेषज्ञता र अनुभवलाई मन्त्रालयको नीति निर्माण, योजना तथा लगानी प्रवर्द्धन र निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन उपयोग गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor