१ मिनेट २५ सेकेण्डमा एक अर्ब डलर व्यापार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७५, सोमबार ०६:५०

एजेन्सी । आइतबार एक मिनेट पच्चीस सेकेण्डमा चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाले एक अर्ब डलर भन्दा बढीको व्यापार गरेको । ‘सिंगल्स डे’ नाम दिएर गरिएको उक्त ‘सपिङ एक्स्ट्राभेगेन्जा’ले नियमित रुपमा उस्तै किनमेल दिवस ‘ब्ल्याक डे’ र ‘साइबर मनडे’को कुल जोडेरभन्दा ठूलो विक्रि हुने गर्छ ।

चीनको घट्दो अर्थतन्त्र, इ–कमर्स उद्योगमा नयाँ प्रतिस्पर्धीहरुको आगमन र अमेरिकासँग जारी चीनको व्यापारिक द्वन्द्वले अलिबाबाको वृद्धिलाई असर पार्ने बुझिएको छ। यसले गर्दा यो वर्षको सिंगल्स डेलाई विशेष रुपमा हेरिंदैछ ।“सिंगल्स डेको विक्रिको वृद्धिमा कमी आउने सम्भावना रहेको छ” अनुसन्धान संस्था फोरेस्टरका एक विश्लेषक सियाओफेङ वाङले भने ,“यो उत्सव परिपक्व हुदैं गर्दा र स्थापित हुदाँ, वृद्धि दर सुस्त हुन सक्छ ।”

सिङ्गल्स डे चीनमा सम्बन्धमा नरहेका मानिसहरुले नोभेम्बर ११मा मनाउने अनौपचारिक पर्व हो । आयको भविष्यवाणीमा अलिबाबाले यही महिना ६ प्रतिशत सम्म कमी आउने अनुमान गरेको छ ।अलिबाबाले सन् २००९ देखि सिंगल्स डेको दिन आफ्ना सामानहरुमा छुट दिन थालेको हो । यो दिनलाई चीनको अनलाईन सपिङमा २४ घण्टे उत्सवको रुपमा बदलेको अलिबाबाले अन्य चिनियाँ इ–कमर्स प्याटफर्महरु जेडी डट कम र ढुंगा गिट्टी स्टोरहरु समेत यसमा सहभागी भए ।अलिबाबाको दक्षिणपूर्वी एशिया शाखा लजाडाले सिंगापुर, मलेशिया, इण्डोनेशिया, थाइल्याण्ड र भियतनाममा सिंगल्स डे छुट प्रदान गर्ने गर्छ ।

प्रतिक्रिया

slot gacor