विमानस्थलको सफ्टवेयर बारम्बार ह्याङ, विमानस्थलमा चरम लापरवाही

anis.shahi20@gmail.com' anish shahi
२६ आश्विन २०७५, शुक्रबार ०९:३५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् । गत सोमबार दिउँसो एक बजे करिब एक घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन। यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत इमी सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो। यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि अध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए।एक अध्यागमन अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ह्याङ हुने समस्या नौलो होइन ।

प्रतिक्रिया

slot gacor