नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

anis.shahi20@gmail.com' anish shahi
२१ आश्विन २०७५, आईतवार १०:५७

काठमाडौं । नेपाली विद्यार्थीले चुरोटका ठुटा कुहाउने प्रविधि पत्ता लगाएको  छ ।  त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका हुन् । यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गरे। त्यसबाट १५ किलो चुरोटका ठुटा जम्मा भए। ती ठुटालाई होटलले सहजै नदिएपछि त्यसबापत केही पैसासमेत दिएको जीसीको भनाइ छ।उनीहरूले ग्राहकले पिएर फ्याँकेको चुरोटको ठुटाभित्र बाँकी सुर्तीलाई खाने एक किसिमको ब्याक्टेरिया बनाए, जुन ब्याक्टेरियालाई उनीहरूले ‘इकोलाई’ नाम दिएका छन्। यसले सुर्तीभित्र रहेको निकोटिन खाइदिन्छ।

प्रतिक्रिया

slot gacor