प्रिमियर लिग : लिभरपुलको उत्कृष्ट सुरुवात

anis.shahi20@gmail.com' anish shahi
१४ आश्विन २०७५, आईतवार १३:३०

प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको लिभरपुलको जित यात्रा रोकिएको छ। ड्यानिएल स्टुरिजले खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुलले चेल्सी विरुद्ध बराबरी खेल्दै सम्भावित हार टारेको हो। हार नजिक पुगेको बेला वैकल्पिक खेलाडी स्टुरिजले ८९औँ मिनेटमा गोल गर्दै लिभरपुललाई एक अंक दिलाए। उनी ८६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा एडेन हाजार्डले पहिलो हाफमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा त्यो  अग्रता जोगाउन नसक्दा चेल्सी जितबाट बन्चित रह्यो।
२०१८-१९ को प्रिमियर लिगमा यी क्लब अपराजित छन्।

प्रतिक्रिया

slot gacor