काठमाडौं । International Project Development Forum (IPDF) का निवर्तमान संस्थापक महासचिव कमल कार्की जलविद्युत् तथा ऊर्जा परियोजना विकास विभागअन्तर्गत सल्लाहकार पदमा नियुक्त भएका छन्।
कार्कीलाई उक्त जिम्मेवारीमा नियुक्त गरिएकोमा IPDF का अध्यक्ष मुकुन्द ढुंगानाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष ढुंगानाले कार्कीको लामो अनुभव, दक्षता तथा संस्थाप्रतिको योगदानले नेपालमा जलविद्युत् तथा ऊर्जा परियोजनाको विकास, प्रवर्द्धन र लगानी विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
IPDF ले नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका सम्भावित परियोजनाको पहिचान, विकास, लगानी प्रवर्द्धन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। कार्कीको नयाँ जिम्मेवारीले ऊर्जा क्षेत्रमा परियोजना विकास तथा लगानी सहजीकरणका लागि संस्थाको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कार्की IPDF को स्थापनाकालदेखि नै संस्थागत विकासमा सक्रिय रहँदै आएका अनुभवी व्यक्ति हुन्। निवर्तमान संस्थापक महासचिवका रूपमा उनले संस्थाको प्रारम्भिक संरचना निर्माण तथा गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
IPDF अध्यक्ष ढुंगानाले कार्कीको नियुक्तिले संस्थाको जलविद्युत् तथा ऊर्जा परियोजना विकास विभागलाई थप सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
प्रतिक्रिया