काठमाडौं । Kiwanis International Nepal District को Vice Governor (2026–2027) पदका लागि Kiwanis Club of Kantipur Kathmandu का Past President राजनप्रसाद न्यौपानेले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।
सामाजिक सेवा, नेतृत्व क्षमता, इमानदारी तथा संस्थाप्रतिको समर्पणका लागि परिचित न्यौपानेले किवानिसको संस्थागत विकासलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।
न्यौपानेको उम्मेदवारीलाई समर्थन गर्दै उनका शुभेच्छुक तथा समर्थकहरूले उहाँको नेतृत्वमा किवानिस नेपाल डिस्ट्रिक्टलाई थप सुदृढ र गतिशील बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। निर्वाचनमा उहाँलाई विजयी गराउन सम्पूर्ण किवानिस सदस्यहरूसँग सहयोग र समर्थनका लागि अपिलसमेत गरिएको छ।
उम्मेदवारी दर्तापछि न्यौपानेले किवानिसको मूल उद्देश्य र सामाजिक सेवाको भावनालाई केन्द्रमा राखेर संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले क्लबहरूबीचको सहकार्य, सदस्यहरूको क्षमता विकास, नेतृत्व हस्तान्तरण र सामाजिक सेवाका कार्यक्रमलाई थप व्यवस्थित गर्दै किवानिसको संस्थागत पहुँच विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको बताए।
“किवानिस केवल एउटा संस्था मात्र नभई समाज परिवर्तनका लागि काम गर्ने साझा अभियान हो। सदस्यहरूको भावना, अनुभव र सुझावलाई समेट्दै संस्थालाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने मेरो प्रयास हुनेछ,” न्यौपानेले भने।
उनले युवा तथा बालबालिकाको क्षेत्रमा किवानिसले गर्दै आएको सामाजिक कार्यलाई अझ विस्तार गर्दै नयाँ पुस्तालाई नेतृत्व विकास र सामाजिक सेवासँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
न्यौपानेले निर्वाचनलाई व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि संस्थाको आगामी दिशा र नेतृत्व चयन गर्ने अवसरका रूपमा लिनुपर्ने भन्दै सबै सदस्यको सहयोग, सुझाव र विश्वासको अपेक्षा गरेका छन्।
उम्मेदवारी दर्तासँगै न्यौपानेले किवानिस सदस्यहरूसँग भेटघाट तथा आफ्ना भावी योजना प्रस्तुत गर्ने तयारीसमेत अघि बढाएका छन्।
उनका समर्थकहरूले निर्वाचनमा भव्य विजय हासिल गरी सकारात्मक सोच र योजनामार्फत किवानिस नेपाल डिस्ट्रिक्टलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्न सम्पूर्ण किवानिस सदस्यहरूलाई अपिल गरेका छन्।
प्रतिक्रिया