IPDF को उद्यमशीलता, महिला सशक्तीकरण तथा कर्पोरेट विकास विभागको संयोजकमा सरिता भट्टराई
rastriyakhabar
३ भाद्र २०८३, बुधबार ०७:०१
काठमाडौं । International Project Development Forum (IPDF) ले उद्यमशीलता, महिला सशक्तीकरण तथा कर्पोरेट विकास विभागको विभागीय संयोजकमा सरिता भट्टराईलाई नियुक्त गरेको छ।
भट्टराईलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै IPDF का अध्यक्ष मुकुन्द ढुंगानाले उहाँको नेतृत्वमा उद्यमशीलता प्रवर्द्धन, महिला सशक्तीकरण तथा कर्पोरेट क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष ढुंगानाले महिलालाई आर्थिक तथा व्यावसायिक रूपमा सक्षम बनाउँदै उद्यमशीलताको विकास, निजी क्षेत्रसँग सहकार्य र लगानीका नयाँ अवसर सिर्जना गर्न विभागले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।
‘महिलालाई उद्यम र नेतृत्वसँग जोड्नेछौँ’ : भट्टराई
नवनियुक्त विभागीय संयोजक सरिता भट्टराईले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै उद्यमशीलता, महिला सशक्तीकरण र कर्पोरेट क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनले महिलालाई केवल रोजगारी खोज्ने अवस्थाबाट माथि उठाउँदै उद्यमी, लगानीकर्ता तथा नेतृत्वकर्ताका रूपमा स्थापित गराउन आवश्यक सहजीकरण गर्ने बताइन्।
भट्टराईका अनुसार महिलाका लागि सीप विकास, उद्यम सञ्चालनसम्बन्धी ज्ञान, बजार पहुँच, वित्तीय स्रोत तथा लगानीकर्तासँगको सहकार्य विस्तार गर्न प्राथमिकताका साथ काम गरिनेछ। साथै निजी तथा कर्पोरेट क्षेत्रसँग सहकार्य गर्दै महिला उद्यमीका उत्पादन तथा सेवाको बजार विस्तारका लागि समेत पहल गरिने उनले बताइन्।
“महिलामा क्षमता र सम्भावना प्रशस्त छ। आवश्यक सीप, पूँजी, बजार र सहकार्यको वातावरण निर्माण गर्न सकियो भने महिला उद्यमशीलताले रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो योगदान पुर्याउन सक्छ,” भट्टराईले भनिन्।
उनले IPDF को उद्देश्यअनुसार स्वदेशी तथा विदेशी लगानी, निजी क्षेत्र, उद्यमी र विभिन्न सरोकारवालाबीच सहकार्यको वातावरण निर्माण गर्दै विभागलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिन्।
IPDF ले उद्यमशीलता, महिला सशक्तीकरण तथा कर्पोरेट विकासलाई संस्थागत रूपमा अघि बढाउँदै लगानी, व्यवसाय विकास र रोजगारी सिर्जनासँग जोड्ने उद्देश्य लिएको जनाएको छ। अध्यक्ष मुकुन्द ढुंगानाले भट्टराईको अनुभव र सक्रियताले विभागको उद्देश्य प्राप्तिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया