मेरो जीवन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार १६:०२

10363789_684673011568722_2962644170421630343_n

हासो थियो जीवन्, खुशी थियो जीवन

आखाबाट बगिदिने आशु भयो जीवन।

सरद थियो जीवन्, बसन्त थियो जीवन्
हेर्दाहेर्दै उजाडिएको मौसम भयो जीवन।

सन्ध्या थियो जीवन्, बिहानी थियो जीवन्
क्षितिज पारी घाम डुब्दाको अन्धकार  भयो जीवन।

सुर थियो जीवन्, ताल थियो जीवन
हेर्दाहेर्दै संगीत बिनाको गीत भयो जीवन।

मेरो थियो जीवन्, तिम्रो थियो जीवन्
हाम्रो भन्न नपाई तुइहेको गर्भ भयो जीवन।

जुनेली थियो जीवन्, बिहानी थियो जीवन्
हेर्दाहेर्दैऔशिकोरातभयोजीवन।

हिजो थियो जीवन्, आज थियो जीवन्
आशा गर्दागर्दा कहिले न-आउने भोली भयो जीवन।
आशा गर्दागर्दा कहिले न-आउने भोली भयो जीवन

बिनोद कटवाल

प्रतिक्रिया

One thought on “मेरो जीवन

Comments are closed.

slot gacor