काठमाडौं । काठमाडौँ महानगरपालिका–३, बाँसबारीमा अविरल वर्षाका कारण साढे दुई तले एक घर भासिएको छ।
महानगरपालिकाका अनुसार बाँसबारीस्थित ‘न्यु गण्डकी गेस्ट हाउस’ सञ्चालनमा रहेको उक्त भवन बिहीबार साँझ करिब ८ बजे भासिएको हो।
लगातारको वर्षाका कारण घरको जग कमजोर भएपछि भवन भासिएको महानगरले जनाएको छ। जोखिमको पूर्वानुमान गरी तीन दिनअघि नै घरमा बस्दै आएका तीन परिवार अन्यत्र सरेकाले घटनाका बेला भवनभित्र कोही पनि नरहेको बताइएको छ।
भवन भासिए पनि मानवीय क्षति हुनबाट जोगिएको छ। घटनापछि सम्बन्धित निकायले आसपासको क्षेत्रमा थप जोखिम हुन नदिन आवश्यक सुरक्षा तथा निरीक्षणको काम अघि बढाएको जनाएको छ।
प्रतिक्रिया