काठमाडौं । बूढानीलकण्ठमा आज विशेष भजन–कीर्तन कार्यक्रम आयोजना हुँदैछ। धार्मिक तथा आध्यात्मिक वातावरणमा भक्तजनलाई सहभागी गराउँदै सकारात्मक ऊर्जा र आध्यात्मिक भावनासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम आज शनिबार, २०८३ भदौ ६ गते साँझ ५ बजेदेखि श्री बूढानीलकण्ठ मन्दिर परिसरमा सञ्चालन हुनेछ।
भजन–कीर्तनमार्फत भक्तजनलाई आध्यात्मिक शान्ति, सकारात्मक सोच र धार्मिक भावनासँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय भक्तजनसँगै इच्छुक श्रद्धालुहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले धार्मिक तथा आध्यात्मिक वातावरणमा सहभागी भई भजन–कीर्तनमा सरिक हुन सम्पूर्ण भक्तजन तथा श्रद्धालुलाई उपस्थितिका लागि हार्दिक आग्रह गरेको छ।
प्रतिक्रिया