प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता, मिति औपचारिक रूपमा तय हुन बाँकी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०८३, शनिबार ०६:२७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने तयारी भए पनि भ्रमणको मिति औपचारिक रूपमा निश्चित भइनसकेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारमा उल्लेख गरिएजस्तै आसपासको समयमा भ्रमण हुन सक्ने बताए। उनले भने, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ।”

वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको भ्रमण परिणाममुखी र उपलब्धिमूलक बनाउने सरकारको चाहना रहेको बताए।

उनका अनुसार भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमा व्यवस्थापनलगायत विषयमा सकारात्मक प्रगति हासिल गर्ने प्रयास हुनेछ।

“भ्रमणका दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने छ”, मन्त्री खनालले भने।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यासका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुन सक्ने बताइएको छ। यद्यपि भ्रमणको औपचारिक मिति र कार्यक्रमबारे सरकारले अन्तिम निर्णय सार्वजनिक गरिसकेको छैन।

गत चैत १३ गते सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ। भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य, ऊर्जा व्यापार र पूर्वाधार विकासका विषयमा प्रगति गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor