गर्मीमा कसरी गर्न सकिन्छ छालाको हेरचाह?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७५, आईतवार १६:३७

गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम मानिन्छ। यो मौसममा सूर्यको ताप चर्को हुने, वातवरणमा सुक्ष्म जीवाणु र किराफट्यांग्रासमेत यही मौसममा बढी सक्रिय हुन्छन्। यी वातवरणमा हाम्रो छालाको सम्पर्क हुन पुगेमा छालासम्बन्धि विभिन्न रोग लाग्ने छाला रोग विशेषज्ञ बताउँछन्।

विशेष गरी गर्मी मौसममा सूर्यको ताप तथा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउँछ। पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ। जसका कारण घमौरा आउने, फंगल इन्फेक्सन हुने ९छालामा घाउ हुने०, दाद, दुबी आउने, छाला बाक्लो हुने र चिलाउने लगायतका रोगहरू लाग्छन्। शरीरमा सीधै सूर्यको प्रकाश परेमा छाला उमेरभन्दा पहिल्यै चाउरी पर्छ।

गर्मी मौसममै ठेउला तथा दादुरा आएमा पनि छालामा बिबिरा तथा फोका देखिन्छन्। खेतबारीमा काम गर्ने किसानलाई पनि विभिन्न भुसुना तथा किराले टोकेर छालामा ंसंक्रमण हुन्छ। छालाका लागि संवेदनशील मौसम भएकाले कुनै पनि संक्रमण हुन सक्छ। शरीर स्वस्थ भए मात्र छाला पनि स्वस्थ हुने भएकाले यो मौसममा नियमिति व्यायाम र स्वस्थ भोजन गर्नुपर्ने महाराजगन्जस्थित टिचिङ हस्पिटलका छालारोग विशेषज्ञ डा। अनिलकुमार दासले बताए। कुनै कारणले छालामा घाउ भइहालेमा चिकित्सकको सुझावमा मात्र औषधि प्रयोग गर्न सकिने उनले बताए। प्राकृतिक र कृत्रिम दुई विधि अपनाएर छालाको हेरचाह गर्न सकिन्छ।

छालाको हेरचाह कसरी गर्ने
– खेतबारीमा जानु अघि पूरा लुगा लगाउने
– बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने
– कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने
– आफ्नो छालाअनुसार सनब्लक क्रिम मात्र प्रयोग गर्ने
– सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने
– अनावश्यक रूपमा बाहिर घाममा नजाने
– नियमित व्यायाम गर्ने
– प्रशस्त पानी पिउने
– सन्तुलित भोजन गर्ने

प्रतिक्रिया

slot gacor