हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरका पक्षमा विश्वासको मत नदिन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।
सोमबार प्रदेशसभामा विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापा मगरको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई निर्देशन दिएको हो।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न तथा मुख्यमन्त्री थापा मगरले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको हो।
मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिनुअघि कांग्रेसले ह्विप जारी गरेसँगै बागमती प्रदेशको सत्ता समीकरण थप पेचिलो बनेको छ।
प्रतिक्रिया