” सृष्टि ” को विमोचन समारोह सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७१, शनिबार ०५:४९

काठमाडौँ ,२८ असार |  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा स्रष्टा महेश्वर पन्त ( अमेरिका ) को नविनतम गीत सङ्ग्रह ” ओझेल जून ‘ र गीति एल्बम ” सृष्टि ” को विमोचन समारोह सम्पन्न भयो | वरिष्ठ संस्कृतिविद तुलसी दिवस प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमको अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली रहनु भएको थियो | 10550963_10201424351651087_4650714291725695770_n गीत सङ्ग्रह र गीति एल्बमको विमोचन स्रष्टा महेश्वर पन्तका पिता गोविन्दप्रसाद पन्त र माता उर्मिलादेवी पन्तले गर्नु भएको थियो | कार्यक्रममा स्रष्टा महेश्वर पन्तलाई उनले नेपाली साहित्य र संगीतमा पुर्याउनु भएको योगदान वापत सम्मान गरिएको थियो |10351235_10152484341031117_8819771776932075583_n

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद तुलसी दिवस, डा. पार्थिवेश्वर तिमिल्सिना, स्रष्टा महेश्वर पन्त, गायक एवं संगीतकार नरहरी प्रेमी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका
अध्यक्ष राधेश्याम लेकाली, सचिव मनिराज सिंह, बाबा बस्नेतलगायतले मन्तब्य राख्नु भएको थियो | कार्यक्रममा गीति एल्बमबाट गायिका सुमिना तामांग र रामबहादुर पहाडीले गीत प्रस्तुत गर्नु भएको थियो |

प्रतिक्रिया

One thought on “” सृष्टि ” को विमोचन समारोह सम्पन्न

Comments are closed.