कल्पना दंगाल ,काठमाडौ । नयाँ नयाँ तरिकाले विविध उत्सवहरु मनाउने प्रचलन बढ्दो छ ।


कोहि वृद्धाश्रम तथा बालआश्रममा गएर जन्मदिन मनाउने गर्दछन् त कोहि शैक्षिक तथा अत्यावश्यकिय सामग्री गरिव गुरुवामा दान गर्दछन् ।
यस्तै काठमाडौ कोटेश्वरका एक जोडिले बुधबार तुलसीको विरुवा सारेर स्वयम्बर गरेका छन् ।
तुलसीलाई हिन्दुधर्मावलम्विहरुले भगवान विष्णुका रुपमा पुज्ने गरेका छन् ।
पवित्र कार्यमा पवित्र तुलसीको वृक्षरोपण गरेका हुन् वरिष्ठ कृषिविद् शिव अधिकारीकी पुत्री श्रीया अधिकारी तथा उनका हुनेवाला श्रीमानले
दलहीका पिता अधिकारी लामो समयदेखि नेपालमा कृषि नमुना गाउँ निर्माणका लागी संघर्षरत हुनुहुन्छ ।
उहाँले आफले सम्पादीत कार्य श्राद्ध देखि विवाह व्रतबन्ध तथा जन्मदिन सबै उत्पादन तथा कृषिमुखि बनाउने बताउदै आउनु भएको छ ।
उहाँले आफनो घरको छतमा समेत तरकारी खेति गरेर सबैलाई अचम्मित पारिसक्नु भएको छ ।
कृषि विद अधिकारीकी छोरीको स्वयम्बर कार्यक्रममा व्यापारी अजय सुमार्गी,इजरायली राजदुत,रसियन राजदुतावासका प्रतिनिधि तथा विश्व खाद्य संघंका प्रमुुख लगायतको उपस्थििति रहेको थियो ।
उपस्थित व्यक्तिहरुले समेत यस्ता सह्रानिय कार्य भन्दै प्रशंसा गरेका थिए ।

तुलसीलाई विभिन्न औषधिका रुपमा समेत प्रयोग गरिने हुँदा यसको छुटै महत्व रहेको छ । हरेक हिन्दुधर्मावम्बिहरुका घरघरमा तुलसीको मठ निर्माण गरिएको हुन्छ भने यसले मानव स्वास्थ्यमा समेत अत्यन्त महत्वपूर्ण भुमिका खेल्ने भएकाले धार्मिक तथा वैज्ञानिक रुपमा तुलसीको महत्वपूर्ण स्थान रहेको पाइन्छ । तुलसीलाई महिलाको सौभाग्यसंग पनि जोडेर हेर्ने गरिन्छ ।
ठुलो एकादशिका दिन प्रत्येक घरका तलसी मठ सजाएर विवाह गरिदिने प्रचलन छ ।
यस्तै मानिसको मृत्युहुन लाग्दा पनि तलसी मठमा सार्ने तथा तुलसीको पानी खुवाउने गरिन्छ । त्यसैले अब हामि पनि यस्ता उत्सवहरुलाई अविस्मरणीय र मनोरञ्जनपुर्ण पो बनाउने हो की जसले गर्दा समाजमा तपाइको चर्चा होस र सबैले यसको अनुशरण गरुन ।

Comments are closed.
Sarahaniye karya
ल बधाई छ वर वधुलाई नयाँ जीवन नयाँ तरिकाले शुभारम्भ गरेकोमा । जीवन फलोस् फुलोस् ।
Badai chha ramro kaam ko suruat garnuvo.