गीत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार १०:५१

भगवती बस्नेत

बल्खु काठमाण्डौँ हाल: इज़रायल

  मैले हाँस्न नपाउँदा रोएर नै बाँच्न सिकेँ ,खुसी पाउँदा रुँदा-रुँदै अलिकति हाँस्न सिकेँ ।।

जसको माया पाएकोथेँ उसलाई आज सम्झिएछु ,हिड्दा हिड्दै साथ छुट्दा उसकै यादमा अल्झिएछु 10300166_10203086980868233_1005016442179778783_nटुक्रिएको सपनालाई विपनामा गाँस्न सिकेँ विरहको भाका टिपी गुन्गुनाउँदै हाँस्न सिकेँ ।।

भन्थेँ मैले बिस्वाशमा घात कैले हुन्न भनि त्यहि विस्वासले घात गर्दा रुन पर्यो मैले पनि मुटु भित्र खुसी रोपी मनमा आज साँच्न सिकेँ सुख-दु:ख रमाएर अलकति हाँस्न सिकेँ ।।

मैले हाँस्न नपाउँदा रोएर नै बाँच्न सिकेँ खुसी पाउँदा रुँदा-रुँदै अलिकति हाँस्न सिकेँ ।।

प्रतिक्रिया

One thought on “गीत

Comments are closed.