नेपालीको हृदयमा हुन्छ लिपुलेक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १२:३९

मुक्तक 

जब जब पराईले छुन्छ लिपुलेक।
रुन्छ महाकाली रुन्छ लिपुलेक।
कहाँ होला त्यो पबित्र माटो भन्दै हौला,
नेपालीको हृदयमा हुन्छ लिपुलेक।

………………………………………………………………………………

तिम्रै आँगन छेउ फूलको रुख बनाइदिञ्छु ।
यो जिन्दगी चलाउने प्रमुख बनाइदिञ्छु ।
प्रेमको राज चले तिम्रा मेरा दिन आउछन,
यो दिललाई तिमी बस्ने मुलुक बनाइदिञ्छु।

…………………………………………………………………………………….

जिन्दगी मैनबत्तिको शिखा बनाउनु छ।
निधारमा बिजयको टिका बनाउनु छ।
श्रीमती या जिबनसाथी नभएपनि,
कम्तिमा तिमीलाई प्रेमिका बनाउनु छ।

लेखक – जिवी गजल

प्रतिक्रिया

slot gacor