आदिकविको २०२ औँ जन्मजयन्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७२, मंगलवार १२:१६

shshiकाठमाडौ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको सालिकमा माल्यार्पण गरिएको छ। साथै आदिकवि व्यक्तित्व र कृत्तित्वबारे चर्चा गरियो । नेपाल शिक्षा परिषद्लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा सभामुख सुवास नेम्वाङले आदिकवि आचार्यको सालिकमा माल्यार्पण गर्दै नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न उजको ठूलो योगदान रहेको स्मरण गरेका छन् ।
सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा बताएका छन्। साहित्यिक व्यक्तित्व रमा शर्मा, कमलमणि दीक्षित, भीमबहादुर अधिकारी, शीला पन्त, दीर्घराज प्रसाईं, सावित्री खरेल, भवानी पौडेललगायतले आदिकवि आचार्यको सालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रतिक्रिया