मनिषका मार्मिक मुक्तकहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १५:०७

manishनदीले एक दिन,अधर छुने छ हेर
तस्विरले एक दिन,नजर छुने छ हेर
खुसी मात्र त तिमीलाई,दिन सक्दिन होला
मायाले एक दिन,संसार छुने छ हेर
………………………………………………………………………….

बर्षात होला अब फेरी,भिज्दै तिमी नआउनु भो
मेरो प्यारो अंगालोमा,भुल्दै तिमी नआउनु भो
म त एक्लै एक्लै यात्रा,गर्दा गर्दै बानी परे
एक चिम्टी माया देखाई,सोध्दै तिमी नआउनु भो
………………………………………………………………………………………

त्यो रात होला त्यो बर्ष होला फेरी
तिमी आउने बाटोहरु टाढा होला फेरी
नविर्सिएर हाम्रो माया जुगजुग जिउँनुपर्छ
तिमी जाने विरानो ठाँउ गाढा होला फेरी

प्रतिक्रिया