मलाई पत्थर पनि फुटेको छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १५:५१

गजल

-युवराज भण्डारी

आज तिम्रो संझनामा मुटु साह्रै दुखेको छ
पत्थर भन्थेउ मलाई पत्थर पनि फुटेको छ।

आँफैलाई ठाउँ छैन आफ्नै मनको शहरमा
स्वाभिमानी शिर मेरो शरमले झुकेको छ।

मौनताले सिउनु पर्यो मेरा यी अधरहरु
जीवनको नाउ आज मजधारमा रुकेको छ।

झुक्याएर कहाँ गयौ मेला जाने निहुँमा
हृदयमा बिश्वासको धनु पनि टुटेको छ।

आज तिम्रो यादमा जीवन मेरो डुबेको छ
सागर भन्थेउ मलाई सागर पनि सुकेको छ।

प्रतिक्रिया