” मान्छेभित्रको मान्छे” लोकार्पण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ पुष २०७१, आईतवार १६:१६

10897904_10202380487433884_4283387767096938627_nकाठमाडौँ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यकार प्रा. डा. गणेश क्षेत्रीको कविता संग्रह ” मान्छेभित्रको मान्छे” को लोकार्पण गरिएको छ  | सो पुस्तक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बिमोचन गर्नु भएको थियो |  10906067_10202380475433584_4825253805017784871_n

 

नेपाल बार एसोसिएसनको सभाकक्षमा आयोजित सो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्ष्यतामा भएको थियो | विमोचित पुस्तकका बारे प्रा. डा. कुमार कोइराला बोल्नु भएको थियो | सो कार्यक्रममा विमोचित पुस्तकका स्रष्टा साहित्यकार प्रा. डा. गणेश क्षेत्रीलाई सम्मान पनि गरिएको थियो |10906015_10202380463713291_7114453302951427254_n

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, विमोचित पुस्तकका स्रष्टा साहित्यकार प्रा. डा. गणेश क्षेत्री, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, सूचना आयोगका अध्यक्ष एवं पूर्व मन्त्रिपरिषद्का सचिव कृष्णहरि बास्कोटा, सूचना विभागका अध्यक्ष वोर्ण बहादुर कार्की, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार समालोचक डा. खगेन्द्र लुइटेल, अनेसास नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, सदस्य यादव भट्टराईलगायतले आ- आफनो मन्तब्य राख्नु भएको थियो |10906232_10202380481353732_7958565305342079323_n

प्रतिक्रिया