विदेशी दबाबमा नेपाललाई धर्मनिरपेक्ष बनाइएको लिङ्देनको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०८३, सोमबार ०६:४७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर राजनीतिक दलहरूले नेपाललाई हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन्।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै लिङ्देनले नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गर्दै धर्मनिरपेक्षता लागू गरिएको टिप्पणी गरे। नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि सनातन हिन्दूराष्ट्र पुनःस्थापना हुनुपर्ने उनको भनाइ थियो।

राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने बताए। दुवै एकअर्काका परिपूरक भएको तर्क गर्दै लिङ्देनले राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सनातन संस्कृतिको संरक्षणका लागि हिन्दूराष्ट्र पुनःस्थापनाको विषयलाई राष्ट्रिय बहसमा ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सडक र सदन दुवैबाट आवाज उठाउनुपर्ने बताइन्। संसद्मा राप्रपाले आवाज उठाउने र मठमन्दिर पुग्ने विभिन्न दलका नेताहरूलाई धार्मिक गुरुहरूले दबाब दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor