दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, मंसिर ८ देखि मुख्य खेल सुरु हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०८३, सोमबार ०६:४५

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) पछि नेपाली खेलकुदको ध्यान अब राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको उल्लेख गर्दै उनले प्रतियोगितालाई भव्य बनाउन आवश्यक तयारी भइरहेको जानकारी दिएका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई सफल बनाउने तयारी भइरहेको बताए।

उनका अनुसार प्रतियोगिताका मुख्य खेल यही मंसिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।

मन्त्री पोखरेलले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरिए पनि हालसम्म नौवटा संस्करण मात्र सम्पन्न हुनु दुःखद भएको बताए। विगतमा देखिएको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्ने उनको प्रतिबद्धता छ।

खेलकुदलाई बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन खेलाडी, खेलप्रेमी तथा सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor