प्रधानमन्त्री शाहद्वारा सचिवालय सदस्यको जिम्मेवारी हेरफेर, पाँच संयोजक र पाँच उपसंयोजक तोकिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०८३, सोमबार ०५:५१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर गरेका छन्। सहसचिवसरहका सचिवालय सदस्यहरूको कार्यसम्पादनका आधारमा नयाँ जिम्मेवारी बाँडफाँट गरिएको हो।

प्रधानमन्त्री शाहले पाँच जनालाई विभिन्न क्षेत्रको संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिएका छन्।

नयाँ व्यवस्थाअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक र सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक बनाइएको छ। यसअघि उनीहरूले क्रमशः विकास परियोजना तथा कार्यक्रम र भ्रमण समन्वयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

त्यस्तै, उपसचिवसरहको सचिवालय सदस्यका रूपमा कार्यरत विशाल अधिकारीलाई पदोन्नति गर्दै सहसचिवसरहको सेवा सुविधासहित सरकारी मामिला तथा योजना समन्वय संयोजक बनाइएको छ।

यसअघि प्रेस तथा अनुसन्धान विज्ञ रहेकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी दिइएको छ। यसपटक छुट्टै अनुसन्धान विज्ञको पद भने राखिएको छैन। विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ।

यसैगरी, उपसचिवसरहको सेवा सुविधा पाउने गरी पाँच जनालाई उपसंयोजक तोकिएको छ। सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजकको जिम्मेवारी दिइएको छ।

यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिवसरहको सेवा सुविधा पाएका माधव खनाललाई भने सचिवालयबाट हटाइएको छ। हाल प्रधानमन्त्रीको सचिवालय सदस्यको सूचीमा उनको नाम छैन।

सचिवालयका अन्य उच्च तहका पदाधिकारीको जिम्मेवारी भने यथावत् राखिएको छ। प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार (बेन), राजनीतिक सल्लाहकारमा असिम शाह र स्वास्थ्य सल्लाहकारमा मन्त्रीसरहको सेवा सुविधा पाउने प्राडा जगदीशप्रसाद अग्रवाल कायम छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor