काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
घोषित टोलीमा कप्तान लामिछानेसहित बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम र कुशल भुर्तेल रहेका छन्।
त्यस्तै, टोलीमा सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल पनि समेटिएका छन्।
आगामी नोभेम्बर १९ देखि २९ तारिखसम्म कतारको दोहामा सञ्चालन हुने प्रतियोगितामा एसियाली राष्ट्रका प्रतिभावान युवा खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित तयारी अघि बढाएको क्यानले जनाएको छ।
प्रतिक्रिया