सौराहामा डिडिसीको आउटलेट सञ्चालन, पर्यटकले स्थानीयस्तरमै दुग्धजन्य पदार्थ पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०८३, सोमबार ०६:०१

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा दुग्ध विकास संस्थान (डिडिसी) को आउटलेट सञ्चालनमा आएको छ। नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहको सक्रियतामा स्थापना गरिएको आउटलेटको उद्घाटन गरिएको हो।

नेपाल सरकार, कृषि मन्त्रालयका सहसचिव एवं डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले संयुक्त रूपमा आउटलेट उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा महाप्रबन्धक पाण्डेले सौराहाजस्तो अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा डिडिसीको आउटलेट सञ्चालन हुनु स्वदेशी उत्पादन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसबाट सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकले डिडिसीका उत्पादन सहज रूपमा उपभोग गर्न पाउने उनको भनाइ थियो।

स्थानीय महिला उद्यमी समूहको पहलमा आउटलेट सञ्चालन हुनु महिला सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनका दृष्टिले पनि उदाहरणीय रहेको उनले बताए। वडाध्यक्ष महतोले महिला उद्यमीको प्रयासको प्रशंसा गर्दै वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

आउटलेटमा डिडिसीले उत्पादन गरेका ताजा दूध, दही, घिउ, पनिर, चीजलगायत विभिन्न दुग्धजन्य पदार्थ उपलब्ध हुनेछन्। सञ्चालक समिति सदस्य बबिता चौधरीले स्थानीय बासिन्दा तथा पर्यटकलाई सुलभ मूल्यमा गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्यले आउटलेट सञ्चालन गरिएको बताइन्।

यस आउटलेटले स्थानीय महिलाका लागि रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्नुका साथै नेपाली दुग्धजन्य उत्पादनको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor