जनताको सेवक बनेर काम गर्न सांसदलाई रवि लामिछानेको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८३, आईतवार ०६:४३

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्। उनले जनताको मालिक नभई सेवक बनेर काम गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।

छठ पर्वको अवसरमा शनिबार जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको जीवनशैली परिवर्तन गर्नुभन्दा मतदाताको जीवनशैलीमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्ने बताए।

जनताले दिएको अमूल्य मतको सम्मान गर्दै उनीहरूको अपेक्षा पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले नै जवाफ दिने उनको भनाइ थियो।

लामिछानेले निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशमा रास्वपाको टिकट पाउने भन्दै अग्रिम उम्मेदवारी घोषणा गर्ने र आर्थिक लेनदेन हुन थालेको विषयमा पनि ध्यानाकर्षण भएको बताए।

टिकट मिलाइदिने भन्दै कसैले पैसा मागे वा आर्थिक चलखेल गरे प्रहरीमा उजुरी गर्न उनले आग्रह गरे। टिकटको नाममा हुने आर्थिक लेनदेनमा नलाग्न चेतावनी दिँदै त्यस्तो गतिविधिबारे सूचना दिने व्यक्तिलाई पार्टीले पुरस्कार दिने घोषणासमेत गरे।

उनले विभिन्न कालखण्डका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान गर्दै उनीहरूले उठाएका हकअधिकार सुनिश्चित गर्न रास्वपा प्रतिबद्ध रहेको बताए। मधेशका जनताको अधिकार र अपेक्षालाई सम्बोधन गर्ने उनको प्रतिबद्धता थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor