काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो काठमाडौंको कीर्तिपुरस्थित पाँगा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले महेश पक्राउ परेको पुष्टि गरेका छन्। तर प्रहरीले पक्राउको आधिकारिक कारण भने खुलाएको छैन।
प्रहरी स्रोतका अनुसार विवादित बिचौलिया इनम सापकोटासँगको शङ्कास्पद सम्पर्क र सम्भावित संलग्नताबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया