सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८३, आईतवार ०७:०२

काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। संसदीय सुनुवाइ समितिबाट अनुमोदित प्रस्तावित न्यायाधीशहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नियुक्त गरेका हुन्।

नवनियुक्त न्यायाधीशहरूलाई शुक्रबार नै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। यसअघि बागचन्द पोखरा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने सारू र पाण्डे पाटन उच्च अदालत तथा डाँगी जनकपुर उच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत थिए।

संसदीय सुनुवाइ समितिको गत कात्तिक २१ गते बसेको बैठकले उनीहरूको नाम अनुमोदन गरी नियुक्तिका लागि सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित बढीमा २१ जना न्यायाधीश रहन सक्छन्। चार जनाको नियुक्तिपछि पनि सर्वोच्च अदालतमा एक न्यायाधीशको पद रिक्त रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor