निजामती कर्मचारी अस्पतालमा ४६० भन्दा बढी परीक्षण अनलाइनबाटै बुक गर्न सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८३, आईतवार ०६:४७

काठमाडौं । निजामती कर्मचारी अस्पतालले स्वास्थ्य परीक्षणलाई सहज र प्रविधिमैत्री बनाउँदै ४६० भन्दा बढी ल्याब तथा रेडियोलोजी परीक्षण अनलाइनबाट बुक गर्न सकिने सुविधा सुरु गरेको छ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले घरबाटै आफूलाई आवश्यक स्वास्थ्य परीक्षण छनोट गरी अस्पताल आउने मिति तय गर्न र अनलाइनबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्।

अस्पतालले सम्पूर्ण शरीरको स्वास्थ्य जाँच, मधुमेह परीक्षण तथा वैदेशिक रोजगारी र अध्ययनका लागि आवश्यक स्वास्थ्य परीक्षणका प्याकेजसमेत उपलब्ध गराएको छ।

कसरी गर्ने अनलाइन बुकिङ ?

अनलाइन सेवा लिन अस्पतालको पोर्टलमा गएर मोबाइल नम्बर र ओटीपीमार्फत पहिचान पुष्टि गर्नुपर्छ। त्यसपछि आवश्यक स्वास्थ्य जाँच प्याकेज वा ल्याब तथा रेडियोलोजी परीक्षण छनोट गरी अस्पताल आउने मिति तय गर्न सकिन्छ।

उपलब्ध क्यूआर कोडमार्फत शुल्क भुक्तानी गरेपछि बुकिङ सुनिश्चित हुनेछ। तोकिएको मितिमा अस्पताल पुगेर परीक्षण सेवा लिन सकिनेछ।

ओपीडी टिकट पनि अनलाइनबाटै

अस्पतालले ओपीडी टिकट बुकिङको सुविधासमेत अनलाइनबाट उपलब्ध गराएको छ।

यसका लागि मोबाइल नम्बर वा निजामती कर्मचारीको हकमा पीआईएसमार्फत पहिचान पुष्टि गर्नुपर्छ। त्यसपछि आफ्नो स्वास्थ्य समस्या उल्लेख गरी सम्बन्धित विभाग छनोट गर्न सकिन्छ।

सेवाग्राहीले आफूलाई आवश्यक चिकित्सक र दिन छनोट गरी सोही दिनको टोकन वा आगामी दिनको अपोइन्टमेन्ट लिन सक्नेछन्।

टिकट डाउनलोड गरेपछि पालो आएमा नागरिक एपमार्फत सूचना प्राप्त हुने व्यवस्था गरिएको छ।

यस सुविधाले अस्पतालमा लाइन बस्नुपर्ने झन्झट कम गर्नुका साथै स्वास्थ्य परीक्षण र चिकित्सकीय सेवा लिन सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor