अर्चना पूरन सिंह र परमीत सेठीले दोस्रोपटक विवाह गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०८३, शुक्रबार ०६:४२

काठमाडौं । भारतीय टेलिभिजन जोडी अर्चना पूरन सिंह र परमीत सेठीले पुनः विवाह गर्ने भएका छन्। ‘पति, पत्नी और पंगा’ सिजन २ मा उनीहरूको दोस्रो विवाहको तयारी भइरहेको छ।

शोको सेटमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्चनाले आगामी डिसेम्बर १२ मा आफूहरू फेरि विवाह गर्न लागेको जानकारी दिएकी हुन्।

उनका अनुसार पहिलो विवाह गोप्य रूपमा र सीमित व्यक्तिहरूको उपस्थितिमा भएको थियो। त्यसैले यसपटक परिवार, आफन्त र साथीभाइको उपस्थितिमा धुमधामका साथ विवाह गर्ने योजना बनाइएको छ।

यस विषयमा परमीतले रमाइलो शैलीमा प्रतिक्रिया दिएका थिए। अर्चनाले पनि पहिले गरेको गल्ती फेरि दोहोर्‍याउन लागेको तर यसपटक धेरै मानिसको उपस्थितिमा विवाह गर्ने बताइन्।

उनीहरूको दोस्रो विवाहको खबर सार्वजनिक भएसँगै प्रशंसकहरू उत्साहित भएका छन्। यसअघि ‘पति, पत्नी और पंगा’ को पहिलो सिजनमा अविका गौर र मिलिन्द चन्दवानीको विवाहसमेत गराइएको थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor