रास्वपाको उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै, महामन्त्री आचार्यले गर्ने नेतृत्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०८३, शुक्रबार ०६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणबारे जानकारी दिएका हुन्।

भ्रमणका क्रममा दुई पार्टीबीच सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान र छलफल हुनेछ।

यस भ्रमणले नेपाल–चीनबीचको राजनीतिक संवाद, आपसी समझदारी तथा विकास सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने रास्वपाले विश्वास लिएको छ।

आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापासहितका सदस्य सहभागी हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor