ग्रीसमा नोभेम्बर ११ मा काव्या मारन र अनिरुद्ध रविचन्दरको विवाह हुने चर्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८३, बिहीबार ०६:३०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराइजर्स हैदराबादकी प्रमुख कार्यकारी अधिकृत तथा सन ग्रुपका मालिक कलानिधि मारनकी छोरी काव्या मारन आगामी नोभेम्बर ११ मा विवाह बन्धनमा बाँधिने भएकी छन्। उनको विवाह दक्षिण भारतीय संगीतकार अनिरुद्ध रविचन्दरसँग ग्रीसमा हुने चर्चा छ।

‘कोलावेरी डी’ गीतबाट अन्तर्राष्ट्रिय चर्चा कमाएका अनिरुद्धले बलिउड चलचित्र ‘जवान’ मा समेत संगीत दिएका छन्। उनी भारतीय संगीत उद्योगका चर्चित तथा महँगा संगीतकारमध्ये एक मानिन्छन्।

उक्त विवाह समारोहमा भारतका शीर्ष राजनीतिज्ञ, उद्योगपति, कलाकार तथा खेलाडी सहभागी हुने जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राज्यका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा पठाइएको दाबी गरिएको छ। विवाहको निमन्त्रणा कार्डको मूल्य प्रतिकार्ड करिब २० हजार भारतीय रुपैयाँ रहेको पनि समाचारमा उल्लेख छ।

प्राकृतिक सुन्दरता, सेता भवन र आकर्षक समुद्री तटका लागि परिचित ग्रीसलाई विवाहस्थलका रूपमा छनोट गरिएको बताइएको छ। सन ग्रुपको व्यावसायिक विरासतसँग जोडिएकी काव्या र भारतीय संगीत तथा चलचित्र क्षेत्रमा स्थापित अनिरुद्धको विवाहलाई व्यापार र मनोरञ्जन क्षेत्रको चर्चित घटनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor