गृहमन्त्री गुरुङले लगाए नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८३, बिहीबार ०६:२३

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहँदै आएकोमा यसपटक गृहमन्त्री गुरुङ आफैँले केसीलाई फुली लगाइदिएका हुन्।

मन्त्री पदमा बहाल भएपछि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गुरुङले आईजीपीलाई गृहमन्त्री वा प्रधानमन्त्रीबाटै दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रहरी संगठनभित्र पनि लामो समयदेखि आईजीपीलाई मन्त्री वा प्रधानमन्त्रीबाटै फुली लगाइनुपर्ने आवाज उठ्दै आएको थियो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेपछि केसीलाई आईजीपी बन्ने बाटो खुलेको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor