काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उत्पला क्याफेमा शनिबार विशेष देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रममा देउसी–भैलो, नृत्य, संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ। नेपाली चाडपर्वको मौलिकता झल्काउने र आपसी सद्भाव, खुसी तथा आत्मीयता साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
शनिबार बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी भई नेपाली संस्कृति र परम्पराको उत्सवमा साथ दिन आयोजकले सम्पूर्णलाई आग्रह गरेको छ।
उत्पला क्याफेमा आयोजना हुने कार्यक्रममा उपस्थित भई देउसी–भैलो तथा सांस्कृतिक प्रस्तुतिको आनन्द लिन र उत्सवलाई थप विशेष बनाउन आयोजकले सबैलाई निमन्त्रणा गरेको छ।
प्रतिक्रिया