काठमाडौं । काठमाडौंको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल बूढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधिनी एकादशी मेलाको अवसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। ‘ॐ नमो भगवते वासुदेवाय’ भन्ने मूल मन्त्रसहित आयोजना हुन लागेको महायज्ञ २०८३ साल मंसिर २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ।
बूढानीलकण्ठ मन्दिर दशर्नामी मठका मठाधीश्वर श्री १००८ स्वामी निगमाआनन्द गिरिजी महाराजको सत्संकल्प एवं संरक्षणमा हुन लागेको महायज्ञमा प्रखर भागवत प्रवक्ता पं. श्री विपिनकृष्ण शास्त्रीबाट प्रमुख भागवत वाचन तथा प्रखर वक्ता आचार्य पं. श्री ईश्वर रिजालबाट प्रवचन हुने आयोजकले जनाएको छ। संगीतमय शैलीमा सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञमा सहभागी भई कथा श्रवण तथा सत्संगबाट पुण्य आर्जन गर्न आयोजकले धर्मानुरागी तथा श्रद्धालु भक्तजनलाई निमन्त्रणा गरेको छ।
महायज्ञ अवधिभर दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भागवत कथा वाचन तथा प्रवचन हुनेछ। मंसिर २ गते बिहान ६ः४५ बजे बूढानीलकण्ठ मन्दिर परिसरबाट भव्य कलश यात्रा निकालिने कार्यक्रम तय गरिएको छ।
हरिबोधिनी एकादशी हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्व बोकेको पर्व हो। यस अवसरमा बूढानीलकण्ठ मन्दिरमा देशका विभिन्न स्थानबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गर्दछन्। यही अवसरलाई विशेष धार्मिक उत्सवका रूपमा मनाउँदै धार्मिक आस्था, आध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञको संरक्षण तथा सत्संकल्पकर्ता बूढानीलकण्ठ मन्दिर दशर्नामी मठका मठाधीश्वर श्री १००८ स्वामी निगमाआनन्द गिरिजी महाराज रहनुभएको छ। श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिको संयोजकमा श्री प्रमोद खड्का तथा बूढानीलकण्ठ मेला सञ्चालन मूल समारोह समितिको अध्यक्षमा श्री इन्द्रबहादुर थापा रहनुभएको छ।
विभिन्न समिति तथा जिम्मेवारी
महायज्ञ व्यवस्थापनका लागि बूढानीलकण्ठ मन्दिर गुठी व्यवस्थापन समिति, मेला सञ्चालन मूल समारोह समितिअन्तर्गतका उपसमितिहरू तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति गठन गरिएको छ।
बूढानीलकण्ठ मन्दिर गुठी व्यवस्थापन समितिको संरक्षकमा श्री १००८ स्वामी निगमाआनन्द गिरिजी महाराज, अध्यक्षमा श्री इन्द्रबहादुर थापा, सचिवमा श्री नवराज भण्डारी र कोषाध्यक्षमा श्री तारा कुमारी देवजा रहनुभएको छ। सदस्यमा श्री कृष्णकुमार तामाङ र श्री केशर ठकुरी रहनुभएको छ।
समितिका सल्लाहकारहरूमा श्री उत्तमकुमार खड्का, श्री गोपाल कार्की, श्री मनोजकुमार श्रेष्ठ, श्री नारायणदेवी श्रेष्ठ, श्री प्रमोद खड्का, श्री जयराम खड्का, श्री समिला कार्की, श्री राजन खरेल, श्री मोहन खड्का, श्री धनलाल महर्जन र श्री अर्जुन रन्तेल रहनुभएको छ।
त्यसैगरी, मेला सञ्चालन मूल समारोह समितिअन्तर्गत विभिन्न उपसमिति गठन गरिएको छ। धार्मिक समितिको संयोजकमा श्री प्रमोद खड्का, शान्ति सुरक्षामा प्रहरी प्रमुख, यातायातमा श्री गोपाल कार्की, अनुगमनमा श्री मोहन खड्का, आर्थिक व्यवस्थापनमा श्री धनलाल महर्जन, बजार व्यवस्थापनमा श्री प्रेमश थापा, स्वयंसेवक परिचालनमा श्री राजश्याम श्रेष्ठ, स्वास्थ्यमा बूढानीलकण्ठ नगर अस्पताल, प्रचार–प्रसारमा श्री रोहन न्यौपाने, सांस्कृतिक कार्यक्रममा श्री विकास श्रेष्ठ र सरसफाइमा श्री सबिन बागलेलाई जिम्मेवारी दिइएको छ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति २०८३ को अध्यक्षमा श्री प्रमोद खड्का, उपाध्यक्षमा श्री सञ्जुका आचार्य र श्री सावित्री महत पाण्डे, सचिवमा श्री रमिला बागले, सहसचिवमा श्री मनीषा रामहाट, कोषाध्यक्षमा श्री बूढानीलकण्ठ गुरुकुल तथा सहकोषाध्यक्षमा श्री रिता बुढाथोकी रहनुभएको छ।
समितिका सदस्यहरूमा श्री रोज थापा, श्री पुलिसा राणा हमाल, श्री पूर्णकुमारी बराकोटी, श्री बाबा थापा, श्री विद्या श्रेष्ठ, श्री शोभा अधिकारी, श्री रिता बस्नेत, श्री बालकुमारी विष्ट, श्री पम्फा श्रेष्ठ, श्री मिता रामहाट, श्री राधिका खड्का, श्री बिमा पौडेल, श्री राधा भट्ट, श्री दिपा भट्ट, श्री मिरा राना, श्री लक्ष्मी भण्डारी, श्री पार्वती श्रेष्ठ, श्री टिकाकुमारी रेमी र श्री वासना खाँड ठकुरी रहनुभएको छ।
कार्यक्रम विवरण
आयोजकले महायज्ञमा सहभागी भई भागवत कथा श्रवण, सत्संग तथा धार्मिक अनुष्ठानमा सरिक हुन सम्पूर्ण धर्मानुरागी, श्रद्धालु भक्तजन तथा सर्वसाधारणमा हार्दिक निमन्त्रणा गरेको छ।
प्रतिक्रिया