नेप्सेको नयाँ सीईओमा डा. प्रताप सुवेदी नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८३, बिहीबार ०६:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. प्रताप सुवेदी नियुक्त भएका छन्।

अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्।

सुवेदीसँग कृषि विकास बैंक लिमिटेडमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकका रूपमा काम गरेको अनुभव छ। उनले विभिन्न वित्तीय संस्था, नियमनकारी निकाय तथा व्यवस्थापकीय क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गरिसकेका छन्। साथै, नेको इन्स्योरेन्सलगायत संस्थाको सञ्चालक समितिमा रहेर पनि जिम्मेवारी निर्वाह गरेका छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबीए तथा बीएड हासिल गरेका छन्।

नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले सेयर बजारको नियमन, सुशासन र समग्र पुँजी बजारको विकासका लागि इमानदारीपूर्वक काम गर्न सुवेदीलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor