बुढानीलकण्ठमा कृषक सम्मेलन तथा कृषि–पशु उत्पादन प्रदर्शनी मेलाको तयारी बैठक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८३, बिहीबार ०६:१५

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा आगामी कात्तिक २० र २१ गते आयोजना हुने ‘बुढानीलकण्ठ कृषक सम्मेलन तथा कृषि–पशु उत्पादन प्रदर्शनी मेला २०८३’ को तयारी बैठक सम्पन्न भएको छ।

तिहार पर्वलाई लक्षित गरी आयोजना हुन लागेको मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकमा आवश्यक तयारी तथा व्यवस्थापनका विषयमा छलफल गरिएको थियो। बैठकमा कृषक तथा पशुपालकको सहभागिता, स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी र तिहारमा आवश्यक स्थानीय उत्पादनको प्रवर्द्धनलगायत विषयमा छलफल भएको छ।

नगरपालिकाको आयोजनामा सञ्चालन हुने उक्त मेलाले स्थानीय कृषक तथा पशुपालकलाई आफ्ना उत्पादन प्रदर्शन तथा बजारीकरण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, तिहारका लागि आवश्यक स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको उपयोग र बजार विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor