काठमाडौं । बुढानीलकण्ठ युवा समाजको आयोजनामा जारी ११औँ बुढानीलकण्ठ नगर कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा जित निकाल्दै वडा नं. ३ को टिम युनिटी र वडा नं. ४ को शिवपुरी युवा क्लबले उपाधि भिडन्त पक्का गरेका छन् ।
पहिलो सेमिफाइनलमा टिम युनिटीले वडा नं. १ को तौलुङ स्पोर्ट्स एकेडेमीलाई १–० गोलले पराजित गर्यो । टिम युनिटीका जर्सी नम्बर १९ का राम लामाले गरेको गोल नै निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शन गरेका टिम युनिटीका इसब कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोस्रो सेमिफाइनलमा शिवपुरी युवा क्लबले वडा नं. १० को टिम १० लाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । शिवपुरीका लागि कुस्तब थापा र साहिल खड्काले पहिलो हाफमा एक–एक गोल गरे । दोस्रो हाफमा रजिन कार्कीले ह्याट्रिक पूरा गरे भने रुपेश अधिकारीले थप एक गोल गरे । ह्याट्रिककर्ता रजिन कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।
अब प्रतियोगिताको उपाधिका लागि टिम युनिटी र शिवपुरी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी २१ गते बिहान ९ बजे आयोजना हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया