आजदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०८३, सोमबार ०६:२५

काठमाडौं। जाडोयाम सुरु भएसँगै आज कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको सञ्चालन समय परिवर्तन भएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।

यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्दै आएका थिए। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जाडोयामका लागि नयाँ कार्यालय समय निर्धारण गरेको हो।

नयाँ समयतालिका कात्तिक १६ गतेदेखि लागू भई आगामी माघ १५ गतेसम्म कायम रहनेछ। मन्त्रालयका अनुसार शैक्षिक संस्था तथा सार्वजनिक निकायबाहेकका अन्य सरकारी कार्यालयमा यो व्यवस्था लागू हुनेछ।

जाडोयाममा दिन छोटो हुने भएकाले कार्यालय समय समायोजन गरिएको हो। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले आजदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी सेवा लिन सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor