इजरायलमा सरकार गठनको रस्साकस्सी, अरब दलसँग सहकार्य गर्न विपक्षीलाई दबाब

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०८३, सोमबार ०५:५७

काठमाडौं । इजरायलको हालै सम्पन्न निर्वाचनमा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि सरकार गठनका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ ।

राजधानी तेल अभिभमा इजरायली अधिकारकर्मीहरूले यहुदी–अरब संयुक्त गठबन्धन सरकार गठनको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले विपक्षी नेता गादी आइजेनकोटलाई अरब दलका प्रतिनिधिसँग सहकार्य गरी नयाँ सरकार बनाउन आग्रह गरेका छन् ।

निर्वाचन परिणामको प्रारम्भिक अनुमानअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धनले करिब ५३ सिट र आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट प्राप्त गर्ने देखिएको छ । १२० सदस्यीय इजरायली संसद् नेसेटमा सरकार बनाउन ६१ सिट आवश्यक पर्ने भएकाले करिब १९ सिट पाउने अनुमान गरिएका अरब दल निर्णायक भूमिकामा देखिएका छन् ।

तर, अरब दलसँग सहकार्य गर्ने विषय विपक्षी गठबन्धनका लागि चुनौतीपूर्ण बनेको छ । नेतन्याहुले निर्वाचनमा अरब दलहरूले प्राप्त गरेको ऐतिहासिक सिट संख्याप्रति चुनावी धाँधलीको आरोप लगाए पनि त्यसको प्रमाण प्रस्तुत गरेका छैनन् । अरब नेताहरूले भने उक्त आरोप अस्वीकार गर्दै नेतन्याहुले जनतालाई भड्काउन खोजेको प्रतिक्रिया दिएका छन् ।

नेतन्याहु नेतृत्वको गठबन्धनलाई रोक्न विपक्षी दलहरू एक ठाउँमा उभिए पनि बहुमत जुटाउन अरब दलको समर्थन आवश्यक देखिएको छ । त्यसैले आइजेनकोटका लागि अब अरब दलसँग सहकार्य गरेर सरकार गठन गर्ने वा अन्य राजनीतिक विकल्प खोज्ने भन्ने विषय मुख्य चुनौती बनेको छ ।

निर्वाचनको अन्तिम परिणाम र सरकार गठनको समीकरणले इजरायलको आगामी राजनीतिक दिशा तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor