नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८३, शुक्रबार ०६:४७

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले बालविकास सहयोगी कार्यकर्ता पदमा नियुक्ति लिन तथा सरकारी सुविधा प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीपछि अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा उनले कैलालीको चौमालास्थित मालिका माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कली प्राप्ताङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेस गरेको खुलेको आयोगको दाबी छ।

उक्त प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको हैसियतमा पद, लाभ तथा सुविधा लिएको आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कारबाहीको माग गर्दै काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगले उनीमाथि कानुनबमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor