गोकर्णेश्वरमा साढे ३ अर्बको खानेपानी आयोजना अघि बढ्दै, केही दिनमै काम सुरु हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८३, शुक्रबार ०७:१८

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब ३ अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना अघि बढ्ने भएको छ। लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयवासीलाई राहत दिने लक्ष्यसहित आयोजना कार्यान्वयनको तयारी गरिएको हो।

नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ मा गोकर्ण ड्यामबाट खानेपानी वितरणका लागि पाइपलाइन विस्तार तथा पानी ट्यांकी निर्माण गरिनेछ। आयोजनाको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र केही दिनमै निर्माण कार्य सुरु हुने तयारी रहेको छ।

नगरप्रमुख दीपककुमार रिसालले यस आयोजनाले नगरवासीको लामो समयदेखिको खानेपानी समस्या समाधानमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले भने, “स्वच्छ खानेपानी नागरिकको आधारभूत आवश्यकता हो। लामो समयदेखि खानेपानीको समस्या भोग्दै आउनुभएका नगरवासीलाई राहत दिने उद्देश्यले यो बृहत् आयोजना अघि बढाइएको हो। आयोजना समयमै सम्पन्न गरी नागरिकका घरघरमा नियमित खानेपानी पुर्‍याउन हामी प्रतिबद्ध छौँ।”

आयोजना अघि बढाउन सहयोग गरेको भन्दै नगरप्रमुख रिसालले आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई धन्यवाद दिएका छन्।

स्वास्थ्य, शिक्षा र सडक पूर्वाधार विकासका कामसँगै खानेपानी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको नगरपालिकाले आयोजना निर्धारित समयमै सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने अपेक्षा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor