कांग्रेसका १९ पदाधिकारीको वरीयता निर्धारण, गगन पहिलो र विश्वप्रकाश दोस्रो स्थानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८३, शुक्रबार ०६:४१

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीको आधिकारिक वरीयताक्रम निर्धारण गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहणपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले वरीयता टुङ्गो लगाएको हो।

निर्धारित वरीयताअनुसार सभापति गगन थापा पहिलो स्थानमा रहेका छन् भने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र उपसभापति पुष्पा भुसाल तेस्रो स्थानमा रहेकी छन्।

त्यस्तै, उपसभापतिहरू डा. चन्द्रकान्त भण्डारी चौथो, मधु आचार्य पाँचौँ र विनोद चौधरी छैटौँ वरीयतामा रहेका छन्।

महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदय शमशेर राणा नवौँ स्थानमा छन्।

यसैगरी, सहमहामन्त्री बहादुर सिंह लामा १०औँ वरीयतामा रहेका छन्। अन्य सहमहामन्त्रीहरूमा योगेन्द्र चौधरी ११औँ, प्रकाश स्नेही रसाइली १२औँ, जीवन शाही १३औँ, अजय चौरासिया १४औँ, आङ्गेलु शेर्पा १५औँ, रामहरि खतिवडा १६औँ, प्रतिमा गौतम १७औँ, अजयबाबु सिवाकोटी १८औँ र डा. फिरदोश आलम १९औँ वरीयतामा रहेका छन्।

नयाँ वरीयताक्रमसँगै कांग्रेसको नवनिर्वाचित नेतृत्वको सांगठनिक जिम्मेवारी र कार्यसम्पादनमा पदाधिकारीहरूको भूमिका थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor