विश्व मानसिक स्वास्थ्य दिवसमा ‘माइन्ड एन्ड मोसन’ को पाँचौँ शृङ्खला सम्पन्न, स्वस्थ मानसिकतामा जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०८३, आईतवार ०६:५२

काठमाडौं । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा FITZONE Fitness को आयोजनामा ‘माइन्ड एन्ड मोसन’ (Mind & Motion) को पाँचौँ शृङ्खला ‘Episode 5: Promoting Healthy Minds’ सम्पन्न भएको छ। मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, सकारात्मक सोचको विकास र भावनात्मक सन्तुलनको महत्त्व उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब ६२ जना सहभागी भएका थिए।

FITZONE Fitness कै सभाहलमा आयोजित कार्यक्रम परिवर्तनका लागि हाम्रो सक्षमता–नेपाल (ACT–Nepal) र Wevolve Counseling Services को समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा भावनात्मक स्वास्थ्यका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा Wevolve Counseling Services की निर्देशक तथा मुख्य वक्ता सुदिक्षा आचार्य भट्टराई (MBA, MA in Psychology) ले ‘Mind & Motion: Promoting Healthy Minds’ विषयमा प्रस्तुति दिएकी थिइन्। उनले मानसिक स्वास्थ्यको महत्त्व र स्वस्थ मानसिकता निर्माणका विषयमा सहभागीहरूलाई जानकारी गराएकी थिइन्।

त्यसैगरी, अतिथि वक्ता आशा अधिकारी (RYT 500, MS in Clinical Mental Health Counseling) ले मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनका विषयमा आफ्ना विचार प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा शारीरिक गतिविधि, मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनबीचको सम्बन्धबारे समेत चर्चा गरिएको थियो।

कार्यक्रमले सहभागीहरूलाई मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न, तनावलाई उचित रूपमा व्यवस्थापन गर्न तथा आफ्ना र अरूका भावनालाई बुझ्न प्रेरित गरेको आयोजकले जनाएको छ।

मानसिक स्वास्थ्य जनचेतनामा IPDF को सहकार्य

कार्यक्रममा सहयोगी संस्थाका रूपमा सहभागी अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (IPDF) ले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभियानमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ।

IPDF का अनुसार शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण छ। मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, तनाव व्यवस्थापनका उपायबारे जानकारी फैलाउनु र एकअर्काको भावना बुझ्ने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो।

स्वस्थ, सकारात्मक र सन्तुलित समाज निर्माणका लागि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, परामर्श तथा रचनात्मक अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै IPDF ले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा आफ्नो साथ र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।

विभिन्न संस्थाको सहकार्य

‘माइन्ड एन्ड मोसन’ को पाँचौँ शृङ्खला FITZONE Fitness को प्रस्तुतिमा आयोजना गरिएको थियो। कार्यक्रममा Wevolve Counseling Services मुख्य वक्ता संस्थाका रूपमा रहेको थियो भने परिवर्तनका लागि हाम्रो सक्षमता–नेपाल (ACT–Nepal) ले समन्वय तथा सहकार्य गरेको थियो।

त्यसैगरी, सहयोगी संस्थाका रूपमा अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (IPDF), चिलपिल गेमिङ क्याफे (ChillPill Gaming Cafe), कट एन्ड केयर प्रोफेसनल युनिसेक्स सलुन (Cut & Care Professional Unisex Salon) र बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (BMCA 2057) रहेका थिए।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक, मुख्य वक्ता, अतिथि वक्ता, समन्वयकर्ता, सहयोगी संस्था तथा सम्पूर्ण सहभागीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

मानसिक स्वास्थ्यलाई व्यक्तिगत जीवन, पारिवारिक सम्बन्ध र सामाजिक विकाससँग जोड्दै जनचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमले मानसिक स्वास्थ्यबारे सकारात्मक संवाद विस्तार गर्न तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor