काठमाडौं। बुढानीलकण्ठ नगरपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच रिडीमा फल्चा निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार रुरुक्षेत्र गाउँपालिका–१ स्थित रिडीमा फल्चा निर्माणका लागि बुढानीलकण्ठ नगरपालिकाले आफ्नो विनियोजित बजेटबाट २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ।
उक्त आयोजनाको कुल अनुमानित लागत २५ लाख १० हजार ५६० रुपैयाँ रहेको छ। फल्चा निर्माणको कार्यान्वयन, खरिद प्रक्रिया, अनुगमन तथा मर्मतसम्भारको जिम्मेवारी रुरुक्षेत्र गाउँपालिकाले लिने गरी सम्झौता भएको हो।
दुई स्थानीय तहबीचको यस सहकार्यले आपसी सम्बन्ध र साझेदारीलाई थप बलियो बनाउनुका साथै स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया